पोखरामा दयारानीको प्रिमियर शो

पाेखरा | माघ २२, २०८०

पोखरामा दयारानीको प्रिमियर शो

पोखरा:    पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । 


माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायक विनोद, दयारानीका निर्देशक एवम् लेखक माओत्से गुरुङ, नायिका दिया पुन लगायतका कलाकर्मी एवम् मिडियाकर्मीको बाक्लो उपस्थिति थियो । 


प्रिमियर शो हेरिसकेपछि दयारानीले राम्रो प्रतिक्रिया पाएको छ । सिनेमामा देखाउन खोजिएको कथा सबैलाई मन परेको छ । प्रिमियर शोको औपचारिक उद्घाटन गर्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एक पछि अर्को साहित्य, कला र चलचित्र क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको उल्लेख गरे । 


पोखराका स्थायी बासिन्दा कलाकार माओत्से गुरुङले निर्देशन गरेको सिनेमा दयारानी समाजको समसामायिक कथामा आधारित रहेको उनले बताए । पोखरामा सिनेमा क्षेत्रको गतिविधि बढाउन पोखरा महानगरपालिका सम्बन्धित संघसंस्थासँग हातेमालो गर्न तयार रहेको उनले बताए । 


पूर्व अर्थमन्त्री किरण गुरुङले सिनेमा हेरिसकेपछि प्रतिक्रिया दिँदै भने, ‘माओत्से गुरुङ कलाकारिता सँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ । सिनेमाको कथा उत्कृष्ट छ । सिनेमामा पात्रले निभ्याएको भूमिका तारिफ योग्य छ ।’ 


मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायाँकन गरिएको दयारानी मार्फत उक्त ठाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । मादी गाउँपालिकाका धेरै ठाउँ सिनेमा छायाँकनका लागि उत्कृष्ट रहेको भन्दै दयारानी मार्फत याङ्जाकोटको प्रचारप्रसारमा महत्वपूर्ण टेवा पुग्ने उनले उल्लेख गरे । 


कवि रमेश श्रेष्ठले दयारानीको कथा पछिल्लो समय छरछिमेक र समाजमा देखिएको कथा भएको उल्लेख गरे । दयारानीको छायाँकन देखि संगीतसंयोजनमा सम्मको विषय उत्कृष्ट लागेको भनाई उनको छ । सिनेमामा स्थानीय लवजलाई समेत स्थान दिइएकोले दयारानी सबैका लागि भएको उनले बताए । 


दयारानीको निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने,‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ । अभिनयमा त्यति अफ्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेबारी हुन्छ ।’ 


उनले निःसन्तान हुँदा आफ्नै साथीसर्कलको परिवारमा देखिएको समस्यालाई दयारानीमा समावेश गर्ने प्रयास गरेको बताए । समाजको पुरुषवादी चिन्तनलाई कथामा प्रस्तुत गर्न खोजिएको उनले बताए । दयारानीको कथाका लागि दयाहाङ राई र दिया पुन नै उत्कृष्ट भएकाले उनीहरुलाई मुख्यभूमिकामा प्रस्तुत गरिएको उनले बताए । 


नायिका दिया पुन पनि दयारानीबाट आशावादी देखिन्छिन् । दयारानीले आफ्नो कलाकर्ममा थप ईटा थप्ने विश्वास उनको छ । दयारानीको रानीको भूमिकामा रहेकी दियाले माओत्से गुरुङको निर्देशनमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । सामाजिक परिवेशलाई सिनेमा मार्फत उठाउन खोजिएको विषयमा अभिनय गर्न पाउँदा नौलो लागेको उनले बताइन् । 


गायक विनोद बानियाँले पहिलो पटक सिनेमा मार्फत संगीतकार र गायकको भूमिकामा रहन पाउँदा खुशी लागेको बताए । पोखराको संगीतले पनि मेन स्ट्रीमको नेपाली सिनेमामा स्थान पाउँछ भन्ने गतिलो उदाहरण दयारानी भएको उनले बताए । दयारानी माओत्से गुरुङको मात्र सिनेमा नभई हरेक नेपालीको सिनेमा भएको उनले उल्लेख गरे । 


दयारानीमा दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिशा गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनार, राजेन्द्र थापा, सितादेवी गुरुङ, कृष्टी गुरुङ लगायतले अभिनय गरेका छन् । सिनेमामा मोहन गुरुङ (टिला), न्यू आइटी भेन्चर(जापान), किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन सुर्यप्रकाश गुरुङको लगानी छ ।  
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्